प्रस्तावना
सैद्धान्तीकरुपबाट अध्ययन गरेर पर्याप्त मात्रामा ज्ञान आर्जन गर्न सकिदैन । यसका लागि प्रयोगात्मक रुपबाट ज्ञान आर्जन गर्नु पर्दछ । यसरी आर्जीत ज्ञान चिर स्थायी रहन्छ । यसै तथ्यलाई मध्यनजर राख्दै नेपालको एक प्राकृतीक, सांस्कृतीक, ऐतिहासीक तथा भौगोलीक हिसाब बाट शुन्दर जील्ला गोरखा यात्राको सुरुवात गरेका हौ । ज्ञानको क्षेत्रलाई विस्तार गर्दै विभिन्न तिता मिठा अनुभवहरु जीवनमा अनुभूत गर्दै अगाडी बढ्ने यात्राको एक उद्देश्य रहेको छ । जीवन अनुभवहरुको संगालो हो भन्ने प्रयोजनवादी दार्शनिक जोन डिवेको उपर्युक्त उदगारलाई मनन गर्दै हामीले यस यात्राको थालनी गरेका हौ ।
यात्राका उद्देश्यहरु तथा लक्ष्यहरु
हामीसँग गोरखा यात्राका विभीन्न उद्देश्यहरु रहेका छन । यात्रा गरिसकेपछी हामिले निम्न विषयवस्तुहरु माथी ज्ञान आर्जन तथा अनुभवहरुलाई सँगाल्न सक्षम हुनेछौ । हाम्रो यस यात्राका मुख्य उद्देश्यहरु निम्नानुसार रहेका छन :क) गोरखामा रहेका धार्मीक स्थलहरुको अवलोकन
ख) त्यहा अवस्थीत विभिन्न ऐतिहासीक स्थलहरुको अवलोकन
ग) प्राकृतीक दृश्यहरुको अवलोकन
घ) शारीरिक विकासमा टेवा
च) भोलीका लागी आवश्यक पर्ने अनुभवहरुको अनुभूत
छ) ज्ञान आर्जन तथा परिपक्वता
विशिष्ट उद्देश्यहरु
हामीसँग गोरखा यात्राका निम्न उद्देश्यहरु रहेका छन, जुन विशिष्ट प्रकृतीका छन ।१) पैदल यात्राको अनुभव लिनु
२) गोरखा दरबारको दर्शन तथा अध्ययन गर्नु आदि इत्यदी
गोरखा जील्लाको संक्षिप्त परिचय
नेपालको उत्तरी दिशा तर्पm अवस्थित एक पहाडी जील्ला हो गोरखा । यसको सदरमुकाम गोरखा नै रहेको छ । यहाँ एउटा मात्र नगरपालीका रहेको छ पृथ्वीनारायण नगर पालीका । गोरखा जील्लाको कूल क्षेत्रफल ३,६१० बर्ग किलोमीटर रहेको छ । यहाँ करिब २०५८ सालको जनगणना अनुसार २,८८,१३४ मानिसहरु वसोवास गर्दछन । यहाँ गा. वि. स. सँख्या ६६ रहेको छ । ऐतिहासीक रुपमा प्रशिद्ध तत्कालीन गोरखा राज्यको स्थापना वि.सं. १६१६ को भाद्र २५ गते भएको हो । यहाँ लार्के तथा माला भञ्यागं रहेका छन ।