• तपाईलाई यस व्लगमा स्वागत छ ।

    तपाईलाई यस व्लगमा स्वागत छ । यो व्लग नेपाली तथा अग्रेजी भाषा जान्ने सबै व्यक्तिहरुका लागी हो । गैर नाफामूलक यस यात्रा व्लगमा तपाईले विभिन्न यात्राहरु सम्वद्ध सामाग्रीहरु प्राप्त गर्न सक्नुहुन्छ । यस वेबसाइट यात्रा सम्बद्ध सम्पूर्ण जानकारीहरु प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो । यहाँ तपाइले आप्mना यात्रा सम्वद्ध सामाग्रीहरु प्रेषण गर्न सक्नुहुन्छ चाहे त्यो व्यक्तिगत, सामुहीक तथा अन्य विभिन्न समाय, परिस्थीती तथा अवसरमा तय गर्नुभएको नै किन नहोस । तपाईका ताली तथा गालीहरुलाई हामी स्वागत गर्दछौ । यसको प्रचार प्रसार तथा विकासमा हामी तपाईको साथ सहयोगको अपेक्षा गर्दछौ । हामी तपाईहरुको सहयोगकोलागी सदैव हाजिर छौ । यस व्लगमा पाल्नुभएकोमा धन्यवाद । -हाम्रो यात्रा

  • साभारित सामाग्रीहरु

    सम्पूर्ण चराचर जगतमा अवस्थीत वस्तुहरु आप्mनै किसिमको गतिमा छन् । यात्रामा छन् । अस्तीत्वको जड गति हो । हामीले विभिन्न काल खण्ड तथा परिस्थीतिहरुमा विभिन्न किसिमका यात्राहरु तय गर्नु पर्दछ । यत्रालाई लियर निमार्ण गरिएको यस व्लगको यस पृष्ठमा तपाई यात्रा सम्वद्ध सम्पूर्ण साभारित सामाग्रीहरु प्राप्त गर्न सक्नुहुन्छ । हामीलाई उपयुक्त लागेका र प्रकाशन योग्य सामाग्रीहरु यहाँ साभार गरिन्छन । हामी विश्वास गर्दछौ यहाँबाट तपाइले पक्कै मनग्य लाभ लिन सक्नुहुनेछ ।

  • यात्रा : अस्तित्वको लागी

    अतः हामीले गतीलाई विर्सीदियौ भने हाम्रो विकास हाम्रो उन्नती रोकीन्छ र एकदिन हाम्रो अस्तीत्वनै समाप्त हुन सक्दछ । हामी मानविय सबैथोक गर्न सक्दछौ तर हामी प्रकृतीका नियमहरुलाई तोडन सक्दैनौ । किनभने हामी यसैभित्र बाधिँएका छौ । नियम तोडनुको नतिजा अस्तीत्वनाश नै हुन्छ तर हामीले मानवका विविध स्वार्थहरु परिपूर्तीका लागी प्रकृतीको नियमहरुलाई तोडदछौ । र ती हरुमध्य एक गतीशील नहुनु पनि हो ।

  • गोरखा यात्रा २०६९ : प्रस्तावना

    सैद्धान्तीकरुपबाट अध्ययन गरेर पर्याप्त मात्रामा ज्ञान आर्जन गर्न सकिदैन । यसका लागि प्रयोगात्मक रुपबाट ज्ञान आर्जन गर्नु पर्दछ । यसरी आर्जीत ज्ञान चिर स्थायी रहन्छ । यसै तथ्यलाई मध्यनजर राख्दै नेपालको एक प्राकृतीक, सांस्कृतीक, ऐतिहासीक तथा भौगोलीक हिसाब बाट शुन्दर जील्ला गोरखा यात्राको सुरुवात गरेका हौ । ज्ञानको क्षेत्रलाई विस्तार गर्दै विभिन्न तिता मिठा अनुभवहरु जीवनमा अनुभूत गर्दै अगाडी बढ्ने यात्राको एक उद्देश्य रहेको छ । जीवन अनुभवहरुको संगालो हो भन्ने प्रयोजनवादी दार्शनिक जोन डिवेको उपर्युक्त उदगारलाई मनन गर्दै हामीले यस यात्राको थालनी गरेका हौ ।


समय गतिशील छ, समय परिवर्तनशील छ । दिन पछि रात र रात कटिसके पछि दिन हुने भौतिक विज्ञानको नियम अनुसार पदार्थ अस्तित्वमा आउदछन । जती सापेक्ष परिवर्तन उती सशक्त अस्तीत्व । यही नै अस्तित्ववान हुनुको राज अनी सफलताको कुँञ्जी हो । प्रशंगलाई थोरै बदल्दै विषयवस्तुलाई अगाडी बढाऔ ।
Walking People (Photo From Google)
मानव बाँदरको विकसित रुप हो । चाल्र्स द्धारा प्रतिपादीत सिद्धान्त अनुसार हामी क्रमीक रुपमा मानव तर्फ विकसित हुदै यहाँ सम्म आइपुगेका हौ । सुरुमा चार खुट्टाले टेकी हिड्ने वानर पछी आवश्यकता अनुसार दुुई खुट्टाले उभिएर हिड्न सक्षम मानव भयो । यसका लागी उसले धेरै परिश्रमहरु, मेहेनतहरु गर्नू पर्यो । यीनै कडा लगावको प्रतिफल स्वरुप वानर दुई खुट्टे मानव तर्फको पहिलो चरण पार गर्न सफल भयो । यस पछि पनि उफ्रने दौडने सिकार खेल्ने जस्ता विविध शारीरिक एवं मानसिक क्रीयाकलापहरुको नतिजा स्वरुप वानर क्रमशः मानवमा रुपान्तरीत हुदै गयो । यसरी वानर देखि मानवसम्मको यात्रा तय गर्दा परिवर्तनको प्रमुख कारक तत्व गती देखिएको छ । गती याने अस्थीरता । वनमानुष रोकिएन, अल्छी मानेर दौडने, उफ्रने जस्ता कार्य रोकेन र त आधुनिक मानुष बन्यो । यी तमाम हिड्ने दौड्ने जस्ता कार्यहरुनै गतीको रुप हो र यही गतीको कारण वनमानुष आधुनिक मानुष बन्न सफल भयो । अब एक पटक हाम्रो आधुनिक जीवन पद्धती लाई नियालौ र यसमा गतीको स्थान खोजौ । हामी देख्दछौ आधुनिक मानवले निक्कै नै प्रगती गरेको छ । र , हरदम व्यस्त जस्तो पनि देखिन्छ । तर प्रायः जसोको जीवनचर्या यसरीनै बित्दछ । विहन उठ्यो, सामन्य विहानी चर्याहरु गर्यो, कार्यालय गयो बेलुकासम्म मेचमा बसेर कार्य गर्यो, बेलुका घर फर्कीयो, फेरी बेलुकीको नित्य चर्या सँगै एउटा दिन अस्ताउदछ । यसरी हेरी ल्याउदा आवश्यक परिवर्तनको लागी आवश्यक पर्ने गतीको स्थान नै छैन । गती याने उफ्रने, दौड्ने, फाल्ने तमाम सम्पूर्ण शारिरीक यस्ता क्रीयाकलापहरु जसले मांशपेशीय परिवर्तन (विकास) मा सहयोग पुर्याउदछ । यस्ता क्रियाकलापहरु हाम्रा पुर्खाहरुले गर्दै आएका थिए र त क्रमीक रुपमा शरिर विकास हुदै गयो । र आजको स्थीतीसम्म आइपुग्यो तर अहिलेको यो उत्तर आधुनिकताको सम्मुखसम्म आइपुग्दा हामीले त्यो परम्परागत गतीलाई हामीले छोडिसकेका छौ । हाम्रा दिमागले उब्जएका रचानात्मक ओद्योगीत तथा अन्य विवीध क्रान्तीहरुको परिणाम स्वरुप आज हामी सम्पूर्ण कार्यहरु गराउदछौ र हामी मात्र निर्देशनका लागि कुञ्जपाटीका कुञ्जीहरु औलाको टुप्पोको प्रयाृग गर्दछौ । हामीमा शारीरिक क्रियकलापहरु प्रसस्त छैनन । यसको परिसणाम कती घातक छ हामीलाई थाहा छ तर वास्ता छैन किनभने हामीले यो जीवन पद्धतीलाई त्यग्न सक्दैनौ हामीलाई यसैमा आनन्द आउदछ । सम्पूर्ण मानिसको प्रमुख उद्धेश्य आनन्द प्राप्ती नै हुन्छ । तर हामी वास्तविक आनन्दको विकल्पमा नजनीदो गरी भौतिक आनन्दमा रम्दछौ जुन हाम्रो अस्तीत्व विनासको लगि एक सुषुप्त अणु बम हो । हम्रो विलासी जीवन पद्धती याने गती विहीन जीवन चर्या ले हामीलई पैगतीको पथमा पाइलाहरु बढाउन बाधा उत्पन्न गर्दछ । एक स्थान बाट अर्कौ स्थनसम्म पुग्नको लागी परिवर्तनको, चालको जरुरत पर्दछ । यही चाल नै गती हो । अतः हामीले यही गतीलाई विर्सीदियौ भने हाम्रो विकास हाम्रो उन्नती रोकीन्छ र एकदिन हाम्रो अस्तीत्वनै  समाप्त हुन सक्दछ । हामी मानविय सबैथोक गर्न सक्दछौ तर हामी प्रकृतीका नियमहरुलाई तोडन सक्दैनौ । किनभने हामी यसैभित्र बाधिँएका छौ । नियम तोडनुको नतिजा अस्तीत्वनाश नै हुन्छ तर हामीले मानवका विविध स्वार्थहरु परिपूर्तीका लागी प्रकृतीको नियमहरुलाई तोडदछौ । र ती हरुमध्य एक गतीशील नहुनु पनि हो ।

अन्त्य तर्पm जाऔं,
मानव मित्रहरु हामी विज्ञानका नियमहरुलाई न बदल्न सक्दछौ न तोडन नै सक्दछौ । मात्र हामी पत्ता लगाई नियमलाई बुझ्न र अझ प्रभावकारी तरीकाले अघी बढ्न सक्दछौ । तर के हामीले क्षणीक र मात्र भौतिक स्वार्थका लागी यी नियमहरुलाई हलुका सँग मात्रै भए पनि मिच्दै अगाडी बढ्न सक्दछौ तर यसको नतिजा कती भयंकर हुन्छ चाहे त्यो परिणामसम्म पुग्न धेरै समय नै किन नलागोस । यसर्थ सवधान ।

अर्काइभ