• तपाईलाई यस व्लगमा स्वागत छ ।

    तपाईलाई यस व्लगमा स्वागत छ । यो व्लग नेपाली तथा अग्रेजी भाषा जान्ने सबै व्यक्तिहरुका लागी हो । गैर नाफामूलक यस यात्रा व्लगमा तपाईले विभिन्न यात्राहरु सम्वद्ध सामाग्रीहरु प्राप्त गर्न सक्नुहुन्छ । यस वेबसाइट यात्रा सम्बद्ध सम्पूर्ण जानकारीहरु प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो । यहाँ तपाइले आप्mना यात्रा सम्वद्ध सामाग्रीहरु प्रेषण गर्न सक्नुहुन्छ चाहे त्यो व्यक्तिगत, सामुहीक तथा अन्य विभिन्न समाय, परिस्थीती तथा अवसरमा तय गर्नुभएको नै किन नहोस । तपाईका ताली तथा गालीहरुलाई हामी स्वागत गर्दछौ । यसको प्रचार प्रसार तथा विकासमा हामी तपाईको साथ सहयोगको अपेक्षा गर्दछौ । हामी तपाईहरुको सहयोगकोलागी सदैव हाजिर छौ । यस व्लगमा पाल्नुभएकोमा धन्यवाद । -हाम्रो यात्रा

  • साभारित सामाग्रीहरु

    सम्पूर्ण चराचर जगतमा अवस्थीत वस्तुहरु आप्mनै किसिमको गतिमा छन् । यात्रामा छन् । अस्तीत्वको जड गति हो । हामीले विभिन्न काल खण्ड तथा परिस्थीतिहरुमा विभिन्न किसिमका यात्राहरु तय गर्नु पर्दछ । यत्रालाई लियर निमार्ण गरिएको यस व्लगको यस पृष्ठमा तपाई यात्रा सम्वद्ध सम्पूर्ण साभारित सामाग्रीहरु प्राप्त गर्न सक्नुहुन्छ । हामीलाई उपयुक्त लागेका र प्रकाशन योग्य सामाग्रीहरु यहाँ साभार गरिन्छन । हामी विश्वास गर्दछौ यहाँबाट तपाइले पक्कै मनग्य लाभ लिन सक्नुहुनेछ ।

  • यात्रा : अस्तित्वको लागी

    अतः हामीले गतीलाई विर्सीदियौ भने हाम्रो विकास हाम्रो उन्नती रोकीन्छ र एकदिन हाम्रो अस्तीत्वनै समाप्त हुन सक्दछ । हामी मानविय सबैथोक गर्न सक्दछौ तर हामी प्रकृतीका नियमहरुलाई तोडन सक्दैनौ । किनभने हामी यसैभित्र बाधिँएका छौ । नियम तोडनुको नतिजा अस्तीत्वनाश नै हुन्छ तर हामीले मानवका विविध स्वार्थहरु परिपूर्तीका लागी प्रकृतीको नियमहरुलाई तोडदछौ । र ती हरुमध्य एक गतीशील नहुनु पनि हो ।

  • गोरखा यात्रा २०६९ : प्रस्तावना

    सैद्धान्तीकरुपबाट अध्ययन गरेर पर्याप्त मात्रामा ज्ञान आर्जन गर्न सकिदैन । यसका लागि प्रयोगात्मक रुपबाट ज्ञान आर्जन गर्नु पर्दछ । यसरी आर्जीत ज्ञान चिर स्थायी रहन्छ । यसै तथ्यलाई मध्यनजर राख्दै नेपालको एक प्राकृतीक, सांस्कृतीक, ऐतिहासीक तथा भौगोलीक हिसाब बाट शुन्दर जील्ला गोरखा यात्राको सुरुवात गरेका हौ । ज्ञानको क्षेत्रलाई विस्तार गर्दै विभिन्न तिता मिठा अनुभवहरु जीवनमा अनुभूत गर्दै अगाडी बढ्ने यात्राको एक उद्देश्य रहेको छ । जीवन अनुभवहरुको संगालो हो भन्ने प्रयोजनवादी दार्शनिक जोन डिवेको उपर्युक्त उदगारलाई मनन गर्दै हामीले यस यात्राको थालनी गरेका हौ ।


कुनै पलहरु त्यस्ता हुन्छन जसलाई हामीले चाहेर पनि विर्सन सक्दैनौ । विभिन्न काल खण्ड तथा परिस्थीमा घटित हुने त्यस्ता विभिन्न अविस्मरणीय क्षणहरु मध्य गोरखा यात्राको क्रममा घटित हाम्रो एक विल्कुलै फरक, अनौठो अविस्मरीय क्षणको बारेमा म यहाँ लेख्न गइरहेको छु ।

River of Trisuli (Photo From Google)

    त्रिशूलीको तिरै तिर नारायणगढ मुग्लीन सडकखण्डमा गरीएको हाम्रो यात्राको अवस्था निकै नाजुक थियो । कुनै बेला मै हँु भन्ने गरी लागेको सूर्य यतीबेला कुनै पहाड पछाडी लुकेको थियो । एका तर्पm भिमकाय चट्टाने पहाड र अर्को तर्पm त्रिशूली नदी जसको स्व......... आवाज क्षण क्षणमा बढ्दै गइरहेको थियो । अनी त्यस आवाजलाई अझ विकराल बनाउन भ्mयाउकीराहरु एकतमासले किरीरीरीरी गर्दै चिच्याइरहेका थिए । सडकमा सवारी साधनहरुको चाप पनि विस्तारै कम हुदै गइरहेको थियो । खोलाबाट आएको चिसो सिरेटोले छाला छेडेर शरिरको भित्रै सम्म पुगी मुटु कपाउँदथ्यो । विस्तारै साझ छिप्पीदै गइरहेको थियो । साझ छिप्पीदै जादाँ हामीलाई बासको चिन्ताले सताउन थाल्यो । हामी हिडीरहेको सडक खण्ड निर्जन प्रायः थियो । अझ हाम्रो हालत यस समयसम्म आइपुग्दा निकै दर्दनाक भइसकेको थियो । खुट्टा नराम्रो सँग दुखेर टेक्न सम्म मुस्कील थियो । अझ उठेका ठेलाहरु फुटेर त्यस ठाउँमा पसिना परी चहराउदा असह्य सँग पिडा हुन्थ्यो । सबै पैतलाले टेक्न नसक्ने भएपछी हामी कहिले कुर्कच्चाले त कहिले खुट्टा कोल्टे टेकेर हिड्दथ्यौ । ता की समय छदैं सुक्षित स्थानसम्म पुगीयोस । तर त्यस्तो हुन सक्ने सम्भावना कम थियो । किनभने हाम्रो हिडाइको गती अती सुस्त अनी कुनै पनी सवारी साधनमा हमीले लिप्mट पाउन सकेका थिएनौ । हाम्रो मनमा वासको चिन्ताले गाँज्दै ल्याउदा अचानक एउटा आशाको बिन्दु भेटियो । निकै पर हामीले सेता दुई टल्केका गुम्बा देख्यौ । अब हम्रो तत्कालको उद्देश्य उक्त गुम्बासम्म समय छदै पुग्ने भयो । ता की एउटा सुरक्षित रात बिताउन सकियोस । त्यो गुम्बा सडक देखि केही माथीको गाउँमा अवस्थीत थियो । जुन गाउँको नाम थियो भोर्ले । गुरुगंहरुको बाक्लो वस्ती भएको उक्त गुम्बामा रात बिताउने उद्देश्यले अभिप्रेरीत भएर हमीले स्थानको बन्दोबस्त गर्यौ अनी खाजा पनि खायौ । धेरै सुरक्षित हुने ठानी हामीले गुम्बाको छतमा सुत्ने निर्णय गर्यौ । त्यसका लागी माथिल्लो घरबाट बिच्छ्याउने गुन्द्री मागेर ल्यायौ । अतीनै थकाई लागेकाले होल साथी बिनोद निदाइसक्नु भएको थियो । म त्यस दिनको यात्राको समिक्षा टर्च बालेर लेख्दै थिए तर निन्द्राले गाँज्दै ल्याएकोले अधुरोमै कपीकलम सीरानी भित्र घुसारेर सुत्न पल्टिए । वातावरणमा भ्mयाउकीरीको एकतमासे चिच्याहट अनी कहिले काही सडकबाट रात्रीकालीन सवारीसाधनले निकालेको मधुरो आवाज अनी त्रिशूली नदि सुसाएको आवाज मात्र थियो । अचानक तन्द्रा अवस्थामा मैले केही भिडबाट निस्कीएको मानिसहरुको आवाज सुन्न पुगे । तर मैले यसलाई खासै वास्ता गरिन । किनभने रातमा आवाज आउनु असम्भव थियो अनी यो मेरो सपनाको सुरुवात हुन सक्दथ्यो । तर त्यो आवाजको दर विस्तारै बढ्दै जान थाल्यो । अझ भन्दा अझ प्रष्ट रुपमा मेरो कानमा त्यस आवाज टक्कराउन पुग्यो । यस्तो आवाजको प्रकृती र स्रोत तर्पm अर्ध निन्द्रा अवस्थामानै केही त्रसीत हुदै सोचिरहेको थिए अचानक मेरो आखाँमा टर्चबाट निस्केको तेजिलो प्रकाश पर्यो । यसपछि मेरो निद्रा भगं भयो र मैले आप्mनो आखाँ उघारे । मेरो अगाडी अनौठो दृश्य थियो । त्यहा हातमा टर्च लिएका चार पाचँ जना अधवैसे महिला तथा पुरुषहरु थिए । उनीहरु एक आपसमा उनीहरुकै भाषामा कुरा गर्दै हामीहरुलाई अनौठो पाराले हेरिरहेका थिए । यस्तो अवस्था हुदासम्म पनि साथी बिनोद सुतिरहनु भएको थियो । बासँको सानो भर्यगंको प्रयोग गर्दै अभैm केही मान्छेहरु माथी थपिए र एउटाले उनिहरुको खैलाबैला तोड्दै को हौं, के गर्न लागेका हौं जस्ता प्रश्नहरु सोधी मलाई केरकार गर्न लाग्यो । र, चारपाचँ जना त्यहीँ पलेटिँ कसी मलाई एक पछि अर्को प्रश्नका चोक्टाहरुले हिर्काउन थाले । मैले  सकेसम्म शान्त बनाउने हिसाबले जवाफहरु दिने कोशिस गरे तर उनीहरुको सम्पूर्ण जीज्ञासालाई मेटाउन सकिन र साथी विनोदलाई उठाए । सुनसान स्थानमा सुतेको मान्छे अहिले उठेर हेर्दा यस्तो स्तिती देखेर छक्क परेको बाहिरबाटै प्रष्ट देखिन्थ्यो । उनीहरुको त्यसबेलाको स्वाभाव देखेर हामीलाई अलिकती डर पनि लाग्न थालीसकेको थियो । र उनिहरुलाई हामीले विस्वस्त बनाउन पनि सकिरहेका थिएनौ । तर मेरो क्याम्पस पुस्तकालयको कार्डले त्यहा जादुँको काम गर्यो । जब मैले उनिहरुलाई मेरो उक्त कार्ड देखाए जुन कार्ड म पुस्तकालयबाट पुस्तक झिक्न प्रयोग गर्दथे, त्यसले उनिहरुलाई विस्वास मान्न कर लाग्यो । यस पछि उनिहरुको हामी प्रतीको व्यवहार विल्कुलै फेरीयो । उनीहरुले हामीलई अतिथीको रुपमा व्यवहार गर्न सुरु गरे । उनीहरुले गास र वासको लागी उनिहरुको घरमा लैजाने निधो गरे र हामी उक्त बासँे भर्यगंको प्रयोग गर्दै तल झर्यौ । बाफ रे तल त थुप्रै मानिसहरुको ठट लागेको थियो । साना केटेकेटीहरु देखि लिएर वृद्ध हजुरबा हजुरआमा सम्मको जमात हामीलाई हेर्न त्यहा ओर्लीएको थियो । एककै पटक उनिहरुले हाम्रो अनुहार हेर्ने उद्देश्यले हाम्रो मुखमा टर्च बाल्न थाले । र, उनिहरुकै भाषामा विभिन्न थरी कुराहरु गर्दै हास्न थाले । हामी छक्क परिरह्यौ । उनिहरुले हामीलाई उनीहरु मध्यको एकको घरमा लिएर गए । उनिहरुले खाना खाइसकेको भएता पनि हामीहरुको लागि भात र माछाको पिरो तर मिठो तरकारी तयार परी खान दिए । भोकले आक्रान्त हामी ढुंगा खोज्दा इश्वर भेटिएको ठानी लपालप खायौ । यसपछी उनीहरु मध्य केही पाकाहरुले हामीलाई घरबाट भाग्न नहुने, घर फर्कने, यस्तो दुख नगर्ने जस्ता सल्लाह अर्तीहरु दिन थाले । कतीले रातलाई रगींलो बनाउन दोहोरी खेल्ने प्रस्ताव समेत ल्याए तर थकालले चुर हाम्रो शरिर निद्रा चाहन्थ्यो यसर्थ सबै कुराहरुलाई पन्छ्याई हाम्रो लागी तयार परेको विस्तारामा सुत्नका लागी पल्टयौ । विस्तारै त्यहाका सवैजना आ आप्mनो घर तर्पm लागे । भोलिपल्ट करिब सात बजे तिर उठियो । चिया पिए पछि उनिहरु सँग बिदा माग्दै आप्mनो यात्रालाई जारी राख्न हिड्यौ ।

View of Chitwan (Photo From Google)

हामी सँग सरुको घटना घट्नुको कारण पछि हामीलाई थाहा लागेको थियो की हामी त्यहा प्रवेश गरेपछी विस्तारै गाउँमा चोर पसेको हल्ला चलेको रहेछ अझ कतीले केटि भगाउन आएको सम्मका हल्लारु समेत चलाएका रहेछन । एक कान दुई कान मैदान हुदैँ उक्त हल्ला पर पर सम्म पैmलीएको रहेछ । यसर्थ गाउँको रक्षार्थ सबैजना त्यहा झरेको रहेछन पछि वास्तविकता प्रकाशमा आएपछी उनीहरु त्यसरी हासेका रहेछन । हामी पनि यही कुरा बरम्बर सम्झदै बाटोँ भरी हास्दै हिडिरह्यौ ।
यो घट्ना बाट हामीले थुप्रै ग्राह्य पाठहरु सिक्न सक्दछौ । यो घट्ना हामीहरुको लागी एक अविस्मरणीय घटनाको रुपमा हाम्रो मानसपटलमा रहन सफल भयो ।  म यसै लेख मार्पmत भोर्ले गाउँका आदरणिय व्यक्तिहरुलाई स्मरण गर्न चाहन्छु र पुनः एकपटक धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

अर्काइभ